राेकियाे एकादशी मेला

Halesi Khabar

खाेटाङ, ९ मंसिर , हरेक बर्षकाे ठुली एकादशी अर्थात हरिबाेधनी एकादशीमा लाग्ने बाराहा पाेखरी मेला बन्द गरिएकाे छ । खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा लाग्ने हरिबोधनी एकादशी मेला स्थानीय सरकारले रोकेकाे हाे ।
बराहगोखरी गाउँपालिका–१ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा लाग्ने दुईदिने मेला यसपल्ट कोभिड–१९ को महामारीका कारण रोकिएको जनाईएकाे छ । वडाध्यक्ष टंककुमार मगरले सोमबार सूचना जारी गर्दै मंसिर ९ र १० गते लाग्ने हरिबोधनी एकादी मेला नलगाउने निर्णय गरिएको जानकारी दिनुभएकाे छ । मेलामा हुने ठेलामठेल भिडभाडका कारण संक्रमण फैलने त्रास देखिएकाले मेला नलगाउने निर्णय गरिएको हाे ।
बराहपोखरी गाउँपालिकाको कात्तिक २५ गतेको बैठकले पनि बराहपोखरीमा हरिबोधनी एकादसी मेला नलगाउने निर्णय गरेको थियो । नेपाल सरकारको सय वटा गन्तव्य सूचीमा समावेश बराहपोखरीमा हरिबोधनी एकादशीको दिन बिशाल मेला लाग्दै अाएकाे थियाे ।

तपाईको प्रतिक्रिया