काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उप–प्रमुख बिनादेवी राईलाई सरकारले प्रबल जनसेवा श्री चतुर्थ पदकद्वारा विभुषित गर्ने घोषणा गरेको छ ।
राष्ट्रपतिबाट २०७७ असोज ३ गते संविधान दिवसको अवसरमा देशकै ४ जना उप–प्रमुखहरु मध्ये खोटाङकी राईलाई पहिलो नम्बरमा प्रबल जनसेवा श्री चतुर्थ पदक द्वारा विभुषित गर्ने घोषणा गरेको हो । विभुषित राई विद्यार्थी जिबन देखिनै राजनीतिमा सक्रीय हुनु हुन्थ्यो ।
उहाँले विद्यार्थीको प्राक कमीटि, जनसास्कृतीक संघ, युवा संघ नेपालको सस्थापक जिल्ला सदस्य हुदै राजनीति सुरु गर्नु भएको थियो । नेकपा जिल्ला सचिवालय सदस्य समेत रहुन भएको उप–प्रमुख राई जिल्लाबाट प्रकाशित भावना साप्ताहिकको संस्थापक प्रकाश समेत रहनु भएको थियो ।
सरकारले हरेक वर्ष संविधान दिवसको दिन विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई विभिन्न पुरस्कारबाट विभुषित गर्दै आएको छ । संविधान दिवसको दिन घोषणा गरिएका व्यक्तिहरुलाई राष्ट्रपतिले पदकसहित विभुषित गर्ने चलन रहेको छ ।


