दिप्रुङ गाउँपालिकाबाट आयो संचार मैत्री नीति, करिब ५२ करोडको बजेट

Halesi Khabar

हलेसीखबर
असार १०, खोटाङ । खोटाङ जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पहलिो पटक संचार मैत्री नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार १० गते सार्वजनीक गरेको नीति तथा कार्यक्रममा सूचना र संचारको हकका दृष्टिकोणले नमुना गाउँपालिकाको रुपमा विकास गर्ने लक्ष्यका साथ यो आर्थिक वषमा विभिन्न किसिमका संचार नीति ल्याएको छ ।

गाउँपालिकाको सभाहलमा प्रस्तुत सातौँ दिप्रङ गाउँ सभाको नीति तथा कार्यक्रममा पालिकाले खोटाङ जिल्लामा रहेर नियमित पत्रकारिता गरिरहेका ५५ बर्ष उमेर नाघेका पत्रकार वा पत्रकार महासंघको सदस्य भई २० वर्ष अगाडि देखि निरन्तर पत्रकारिता गरिरहेका पत्रकारलाई प्रोत्साहन भत्ता दिने कार्यक्रम ल्याएको छ । यस मापदण्ड भित्र पर्ने पत्रकारलाई पालिकाले मासिक २ हजारका दरले प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ ।

यस्तै जिल्ला भित्र कृयाशिल पत्रकारहरुलाई गम्भिर प्रकृतिको रोग लागेमा यस्ता पत्रकारलाई रोगको उपचारमा लागेको खर्चको २० प्रतिशत खर्च उपलब्ध गराउने कार्यक्रम समेत बनाएको छ । यस्तै नेपाल सरकारको मापदण्ड पुरा गरेर संचालनमा आएका संचार माध्यामलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने , सूचनाको हक सम्बन्धी कानुन् कार्यान्वयनमा जोड दिने, गाउँ पालिकाका हरेक सूचना जनताको घरघरमा पु¥याउने, पालिका भित्र सामुदायीक संवाददाता उत्पादन गर्न पत्रकारिता प्रशिक्षण संचालन गर्ने जस्ता प्रेसमैत्री कार्यक्रम पालिकाले ल्याएको हो ।

यस्तै गाउँपालिकाले यो आर्थिक बर्षभित्र काभिड–१९ को संक्रमणको असरलाई न्युनिकरण गर्दै जनजीवनलाई नियमित गर्नु, कोरोनाको असरबाट सिर्जित आवश्यकताको पहिचान गर्नु, दिप्रुङ चुईचुम्मा गाउँपालिकालाई कोरोना रहित गाउँपालिका बनाउनु, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि उत्पादन, र रोजगारी प्रर्वद्धन गर्नु जस्ता विषयलाई प्रमुख प्राथामिकताका राखेको छ । पालिकाको गाउँ सभामा पालिकाले कुल ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैया ८ पैसाको प्रस्तावित बजेट ल्याएको छ । कुल वजेटलाई सबै ठाउँमा आवश्यकताको आधारमा योजनाको प्राथामिकिकरण गरे रकम विनियिोजन समेत गरिएको पालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया