हलेसी खबर
खोटाङ, २२ पुस । निमोनिया कारण कलेजोमा समस्या भएपछि निधन भएका नेकपा नेताको छोराका श्रद्धाञ्जली सभा सकिएको छ । नेकपा खोटाङका जिल्ला कार्यालय सदस्य जलशेर राईका कान्छा छोरा निशान राईको २१ बर्षको अल्पआयुमै गएको ७ दिन अगाडि निधन भएको हो ।
वैदेशिक रोजगारका शिलशिलामा युएई पुगेका निशानको निमोनियाको कारण कलेजोमा समस्या आएको कारण मृत्यु हुनपुगेको थियो । उनी विदेशमै विरामी भएको भएपनि नेपाल आएर उपचार गराउने क्रममा थिए । उनको काठमार्डौ स्थित ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा मृत्यु भएको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ६ नेर्पाको नेकप वडा कमिटिको आयोजनामा सम्पन्न भएको श्रद्धाञ्जली सभामा मृतक राईलाई श्रद्धाञ्जली दिन नेकपाका नेता तथा स्थानीय जनप्रतिनिधीहरुपुगेका थिए । सभामा जिल्ला समन्वय समितिका अध्यक्ष बवि चाम्लिङ, नेकपा प्रदेश नम्बर १ का सदस्य ध्रुव बहादुर कार्की धिरेन, नेकपा खोटाङका जिल्ला सचिव रामप्रसाद दंगाल , कार्यलय सदस्य देवविक्रम राई, जिल्ला सदस्य रमिला गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उप–प्रमुख विणादेवि राई लगायतका नेताहरुले निशानको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जली दिएका छन् ।
किरात राई संस्कार अनुसार निशान राईको अन्तिम संस्कार सोमबार सकिएको मृतक निशानका बुवा जलशेर राईले जानकारी दिएका छन् । निशान जलशेर राईको कान्छा छोरा हुन् ।


