कालिका मावि खार्मीको विद्यालय व्यवस्थापन समितिमा तामाङको समुह विजयी

Halesi Khabar

हलेसी खबर/
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ११ खार्मी स्थित कालिका मावि खार्मीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेश तामाङको समुह निर्वाचित भएको छ । स्थानीय ज्ञानेन्द्र श्रेष्ठको समुहलाई ४५ को विरुद्ध १ सय ३१ मत ल्याएर हराउँदै तामाङ नेतृत्वको समुह विजय भएको हो ।
अध्यक्षको पदमा ८५ मतको मतान्तरमा अध्यक्ष तामाङले विजयी हासिल गरेका छन् । जम्मा १ सय ८१ मत खसेकोमा ३ मत बदर भएको पाईएको छ ।
यस्तै खुल्ला सदस्यमा ५१ मतको विरुद्ध १२७ मत ल्याएर यामकुमार राईले चुनाव जितेका छन् । उनले कृष्ण बहादुर खत्रीलाई हराएका हुन् । खुल्ला महिला सदस्यमा मनकुमारी राईले सञ्चमाया प्रधानलाई ५१ को विरुद्ध १ सय २१ मत प्राप्त गरेर विजयी बनिन् । त्यस्तै अर्का दलित सदस्यमा बत्ति विकले १ सय २५ मत पाएर ४८ मत पाएका धनकुमार परियारलाई पराजित गरेकी छन् ।
सुरेश तामाङ र बत्ति विक नेकपा निकट उम्मेदावार रहेका थिए भने यामकुमार राई र मनकुमारी राई समाजवादी पार्टी नेपाल निकट रहेका छन् । पराजित भएका चारै जना नेपाली कांग्रेस निकट मानिन्छ ।

तपाईको प्रतिक्रिया