खोटेहाङमा विद्युत विस्तार तिब्र

Halesi Khabar

हलेसी खबर सम्वाददाता

खोटेहाङ । खोटेहाङ गाउँपालिकामा विद्युत विस्तार हुन बाँकी वडाहरुमा कामलाई तिब्रता दिएको छ । गाउँपालिकाको तीन वटा वडाहरुमा हाल विद्युत विस्तारको काम तिब्रगतिमा भईरहेको हो ।

हालसम्म विद्युतको पहुँच नपुगेको गाउँपालिकाको वडा नं १ लिकुवापोखरी, वडा नं २ वाप्लुखा र वडा नं ३ सावाकटहरेमा यसै आ.व. मा विद्युत बल्ने गरी काम अगाडि बढाईएको छ । यस आर्थिक वर्ष हाइटेन्सन लाईन पु¥याउनेगरी काम अघि बढाएको हो । नौ वडामध्ये बाँकी तीन वडामा विद्युतको हाइटेन्सन लाइन विस्तार गर्न पालिकाले यस आर्थिक वर्ष ८५ लाख बजेट विनियोजन गरेकोे गाउँपालिका अध्यक्ष प्रदीप राईले जानकारी दिएका छन् । हाइटेन्सन विस्तार गरेपछि शाखा लाईन विस्तार गर्ने र प्रत्येक टोलहरुमा विद्युत बाल्ने गरि काम अगाडि बढाएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया