महिला प्रजनन् अधिकार कार्यक्रम प्रभावकारी भएको अनुगमन टोलीको ठहर

Halesi Khabar

हलेसी खबर सम्वाददाता

खोटाङ, ५ पुस । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी र वडा नम्बर–५ दुवेकोलमा सञ्चालित महिला प्रजनन् अधिकार सम्बन्धी कार्यक्रम प्रभावकारी भएको अनुगमन टोलीले निष्कर्ष निकालेको छ । वातावरणीय कृषि तथा विकास केन्द्र (केड) अन्तरगत साझेदारी संस्था हलेसी विकास मञ्च नेपालद्धारा सञ्चालित उक्त कार्यक्रम प्रभावकारी रहेको गाउँपालिका प्रमुख लिलानाथ निरौला नेतृत्वको अनुगमन टोलीले निष्कर्ष निकालेको हो ।

साझेदारी संस्था हलेसी विकास मञ्चले यहि पुस–१ र २ गते आयोजना गरेको अनुगमनका क्रममा दुवै वडामा सञ्चालित कार्यक्रम प्रभावकारी रहेको पाइएको गाउँपालिका प्रमुख निरौलाले हलेसी खबर डटकमलाई बताउनुभयो । अनुगमन टोलीमा गाउँपालिका प्रमुख निरौला, उपप्रमुख समला राई, प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा, सम्बन्धित वडाका वडाध्यक्ष र सचिव, शिक्षा शाखा प्रमुख तीर्थराज दाहाल, साझेदारी संस्थाका सचिव बोधराज पौडेल लगायत रहनुभएको थियो ।

दुई वर्षदेखि सञ्चालित उक्त कार्यक्रम अन्तरगत हलेसी विकास मञ्चले सो दुई वडामा बालविवाह न्यूनिकरण र पाठेघर खस्ने समस्या समाधान सम्बन्धी काम गर्दै आएको जनाइएको छ । संस्थाले उक्त कार्यक्रमलाई हरेक घरमा पु¥याएर प्रभावकारी बनाउन दुवै वडामा एक÷एक जोडी नमूना जोडी समेत खटाएको छ ।

नमूना जोडीले गर्भावस्था तथा सुत्केरी अवस्थामा गर्नुपर्ने स्याहार, बालविवाहले गर्ने असर, पाठेघर खस्ने समस्या भएका महिलाको तथ्याङ्क सङ्कलन तथा समाधानको उपायका बारेमा जानकारी दिने गरेको कार्यक्रम संयोजक विरेन्द्र मगरले जानकारी दिनुभयो । संयोजक मगरका अनुसार नमूना जोडीले मासिक रु छ हजार ९०० तलबमा प्रत्येक महिनाको १२ दिन काम गर्नुपर्छ ।

संस्थाले पाठेघर खस्ने जटिल किसिमका समस्या रहेका महिलालाई निःशुल्क शल्यक्रियाका लागि बाहिर पठाउने गरेको छ । लामो समयदेखि पाठेघर खस्ने समस्याले घरमै पीडित बनेर बसेका महिलालाई राजधानी काठमाडौँ जान÷आउन तथा खान÷बस्नको व्यवस्थाका साथै उनीहरुको साथमा एक÷एक जना कुरुवा समेत पठाउने गरेको छ ।

तपाईको प्रतिक्रिया