विद्यालयलाई निःशुल्क जग्गा दान

Halesi Khabar

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा अवस्थित बालबालिका प्राथमिक विद्धालयलाई निःशुल्क जग्गा प्राप्त भएको छ । सोही बिद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयलाई दुई रोपनी ७ आना जग्गा दान दिएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोगजीत राईले पाँच लाख बराबर मूल्यको जग्गा निःशुल्क दान गरेका विद्यालयका प्रधानाध्यापक कमल ढकालले जानकारी दिएका छन् । राईले बुधबार जिल्ला मालपोत कार्यालय दिक्तेल आएर विधालयको नाममा जग्गा पास गरिदिएका हुन । पास भएको जग्गाको लालपुर्जा जग्गाधनी राईले प्रधानाध्यापक कोमल ढकाललाई हस्तान्तरण गरेका छन ।

तपाईको प्रतिक्रिया