खोटाङ, मंसिर २८ (नागरिक)– बोलेरो जीप दुर्घट्ना हुँदा खोटाङमा एक जनाको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा शनिबार दिउँसो ना १ ज ३७४७ नम्बरको बोलेरो जीप दुर्घट्ना हुँदा जीपका मालिक सोहीस्थानका ४० वर्षीय रमेश अधिकारीको मृत्यु भएको हो । वर्षा भएका कारण सडक बिग्रेका कारण दिक्तेल जान नसकेपछि डुम्रेधारापानीबाट धान लिनका लागि डुम्रेधारापानीकै कटहरेबेँसीतर्फ जानेक्रममा रमितेभीरमा जीप पल्टिएको स्थानीय शिक्षक बुद्धीनाथ कोईरालाले बताए । जीप करिब ८÷९ सय मिटर तल खस्दा अधिकारीको घट्नास्थलमै ज्यान गएको हो ।
दुर्घट्नामा जीप चालक सल्यान शारदा नगरपालिका–४ शारदाकका २६ वर्षीय रामबहादुर कुवर गम्भीर घाईते भएका छन् । कुवरको स्थानीय स्वास्य संस्थामा उपचार भइरहेको छ । उनलाई हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लैजाने प्रयास भएपनि मौसमका कारण हेलीकोप्टर आउन नसकेको शिक्षक कोईरालाले बताए । जीप दुर्घट्नाको कारण खुल्न सकेको छैन । यद्यपी, सामान्य वर्षाका कारण चिप्लएको अनुमान गरिएको छ ।
बोलेरो जीप दुर्घट्ना हुँदा एकको मृत्यु, एक गम्भीर
Halesi
तपाईको प्रतिक्रिया
- १. रेश्मिका परियार हत्या प्रकरण : घटनाको छानबिन गर्न उच्चस्तीय समिति गठन गर्न माग
- २. हैदरावाद पुगेको हप्ता दिन नबित्दै गाडीको ठक्करबाट तीलकको मृत्यु
- ३. दिक्तेल रुपाकोट मझुवागढीमा १४ जना नयाँ क्षयरोगका बिरामी
- ४. बालकोटको भेट र स्मृतिमा ओली
- ५. आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा
- ६. ज्येष्ठ नागरिक सङ्घमा टेलिभिजन र वाईफाई जडान गर्न आर्थिक सहयोग


