काठमाडौं, मंसिर । प्रेस काउन्सिल नेपाल शुद्धिकरण र पत्रपत्रिका वर्गाीकरण खारेजीको माग गर्दै संघर्ष समितिको आह्वानमा आज एक घन्टाको धर्ना तथा कोण सभा सम्पन्न भएको छ ।
प्रेस काउन्सिल नेपाल शुद्धिकरण र पत्रपत्रिकाको विभेदपुर्ण वर्गीकरण खारेजीको माग गर्दै सुरु भएको संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ । संघर्ष समितिको आह्वान र पत्रकार महासंघ काठमाडौं, ललितपुर र भक्तपुर शाखाको पहलमा आज प्रेस काउन्सिल नेपालको मुलढोकामा एक घण्टा धर्ना सहित विरोध सभा भएको हो । प्रदर्शनकारीहरुले कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालावन्दी समेत गरेका छन् ।
साथै तालाबन्दी पछि उक्त तालावन्दीको साँचो सञ्चार सचिव दिपक सुवेदीलाई बुझाई मन्त्रालयको समेत ध्यानाकर्षण गराइएको छ । २०७६ मंसिर २ गने बुझाइएको ज्ञापनपत्रमा अझै सुनुवाई नगरिएपछि पत्रकार महासंघ आन्दोलनका थप कार्यक्रमहरुमा अघि बढेको हो ।
सञ्चार सचिव सुवेदी समक्ष आन्दोलनकारीहरुले एक स्वायत्त र निश्पक्ष कमिटी मार्फत पत्रपत्रिकाको वर्गिकरण गर्नुका साथै काउन्सिल भित्रको बेथिति विरुद्ध कदम चाल्न २४ घण्टाको समय दिँदै त्यसपछि पनि सुनुवाई नभए थप शसक्त कदम चालिने चेतावनी दिएका छन् ।
काउन्सिलमा भएको धर्नामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, महासंघका पूर्व केन्द्रीय सदस्य इश्वरी वाग्ले, रामहरी सिलवाल, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव सिर्जन झा, प्रेस संगठनका उपत्यका सदस्य तारा नेपाल, प्रेस युनियनका उपत्यका सल्लाहकार पदमराज जोशी, क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय सचिव रमेश महतरा, प्रेस सेन्टर नेपाल ३ नं संयोजक कुमार वाङदेल, वरिष्ठ पत्रकारहरु विष्णुकुमार प्रसाई, विजय विस्फोट, एलएस लामा, पिपुल्स भोलियन्टर्स जर्ना्लिस्ट फोरमका संयोजक नवराज न्यौपाने, पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शन्तराम बिडारी, ललितपुर अध्यक्ष ज्ञानप्रसाद पौडेल, भक्तपुर अध्यक्ष पुष्कर बुढाथोकी, झापा अध्यक्ष तारामणि सापकोटा, महासंघका केन्द्रीय सदस्य माधव चौलागाँइ, केन्द्रीय लेखा आयोग सदस्य भुपेन्द्र आचार्य, वरिष्ठ पत्रकार चक्रपाणी नेपाल, अभियान टाइम्सका प्रकाशक एवं कार्यकारी सम्पादक टुकामाया भण्डारी लगायत विभिन्न पत्रपत्रिकाको सम्पादक र प्रकाशकहरुले ऐक्यवद्धता जनाएका थिए ।
संयोजक दिपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा २४ घण्टे अल्टिमेटम सहित तालाबन्दी गरिएको छ ।


