ऐसेलुखर्क गाउँपालिकाले ‘बहाने पोखरी’ महोत्सव गराउने

Halesi Khabar

हलेसी खबर
एसेलुखर्क । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित ऐंसेलुखर्क गाउँपालिकाले प्रथम ऐतिहासिक ‘बहाने पोखरी महोत्सव’ गराउने भएको छ । पालिकाको वडा–१ राखावाङदेलमा रहेको पर्यटकीय स्थल बहाने पोखरीको प्रचारप्रसार गरेर आन्तरिक पर्यटन प्रर्वद्धन गर्न महोत्सवको तयारी थालिएको हो ।

‘बहाने पोखरी’ पानीको मुहान नदेखिए पनि बाह्रैमास पानी हुने र कहिल्यै पानी नसुक्ने अग्लोडाँडामा २ सय मिटर क्षेत्रफलमा रहेको छ । महोत्सब मनाउनलाई पहिलो चरणमा गृहबहादुर राईको संयोजकत्वामा २१ सदस्य समिति गठन गरिएको छ । गाउँपालिका अध्यक्ष विस्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेलको उपस्थितीमा सर्वपक्षीय भेला गरेर समितिको गठन गरिएको हो । भेलाले फागुन १३, १४, १५ गते महोत्सब संचालन गर्ने निर्णय गरेको संयोजक गृहबहादुर राईले जानकारी दिए ।

महोत्सवमा अर्गानिक कृषि उपज प्रदर्शनी, खानाका परिकार, विभिन्न जातजातीको साँस्कृतिक झाँकी, साँस्कृतिक कार्यक्रम, खेलकुद लगायतका कार्यक्रम हुने संयोजक गृहबहादुर राईले बताए । राईका अनुसार महोत्सव सफल बनाउन नजिकका गाउँपालिकाका वडाहरुबाट पनि थप पसदस्यीय थपिने छ । आफैमा ऐतिहासिक पोखरी आसपासमा महोत्सव मनाउँदा सवैको ध्यान केन्द्रीत हुने र पर्यटकीय क्षेत्रमा चिनिने बताए ।

पोखरीबाट खोटाङको अधिकांश स्थान र छिमेकी जिल्लाहरु अवलोकन गर्न सकिन्छ । जनैपूर्णिमा, मंसिर पूर्णिमामा धामी झाँक्री सहितका दर्शनार्थीहरुको उपस्थितीमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । नयाँ वर्षमा ठूलो संख्यामा युवायुवतीहरु पिकनिक जाने गरेको गाउँपालिका अध्यक्ष निरौलाले बताए । पोखरीको पूर्वतर्फ शंख ढुंगा, नाग ढुंगा, स्तुपाहरु र केही माथि अन्य आकृतिका संरचनाहरु रहेको छ । पोखरी आसपासमा चौरी पाईने र भेडाहरु बढी पाईने भएकाले पर्यटकहरु तान्ने आधार हुने उनले बताए ।

तपाईको प्रतिक्रिया