जालपामा शुरु भयो ग्रामीण आँखा क्लिनिक

Halesi Khabar

हलेसी खबर
खोटाङ २१, मंसिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा ग्रामीण आँखा क्लिनिक सुरु भएको छ । जालपामा स्थानीय समुदायले सञ्चालन गरेको जनसेवा सामुदायिक अस्पतालले आधुनिक उपकरण सहित ग्रामीण आँखा क्लिनिक सुरु गरेको हो ।

खोटाङ जिल्लाको उत्तरी क्षेत्रमा आँखा क्लिनिक शुरु भएपछि त्यस क्षेत्रका आँखा रोगीहरुले सहज रुपमा उपचार पाउ“न थालेका छन । शनिबार भएको ग्रामीण आँखा क्लिनिक उद्घाटनको दिन करिब एक सय जनाले आँखाको उपचार पाएका छन् । तिलगङ्गा आँखा प्रतिष्ठान, सोलुखुम्बुस्थित जिल्ला सामुदायिक आँखा केन्द्र र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१२ जालपाको संयुक्त आयोजनामा गरिएको शिविरमा एक सय जना बढीले उपचार पाएको जनसेवा सामुदायिक अस्पतालका अध्यक्ष ध्रुब श्रेष्ठले बताए ।

प्रमुख अतिथिको रुपमा बोल्दै पूर्वसांसद तथा नेकपा स्थायी आमन्त्रित सदस्य टंक राईले यो क्लिनिकलाई सुविधा सम्पन्न आँखा अस्पतालको विकास गर्ने योजना बनाइएको बताए । राईले ग्रामीण क्षेत्रमा आँखा रोगले विक्षिप्त बनेकाहरुलाई यो क्लिनिकले महत्वपुर्ण सहयोग मिल्ने बताउँदै यसका लागि तिलगङ्गा आँखा अस्पतालले सहयोग गर्ने बचन दिएको समेत राईले जानकारी दिएका छन् ।

तिलगङ्गा आँखा प्रतिष्ठानका प्रमुख भगिरथ बानियाले ग्रामीण आँखा क्लिनिकका लागि आवश्यक जनशक्ति तथा उपकरण सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । बानियाले ग्रामीण आँखा क्लिनिकका लागि पाँच लाख मुल्य बराबरको आँखासम्वन्धी अत्याधुनिक उपकरण समेत हस्तान्तरण गरेका छन् । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विकासमा उपेक्षा गरेको भन्दै कडा आलोचना भएको छ ।

कार्यक्रममा केपिलासगढी गाउ“पालिका वडा नं–५ सप्तेश्वरका वडा अध्यक्ष खगेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडा अध्यक्ष रामचन्द्र राई, वडा नं १२ जालपाका वडा अध्यक्ष विकाश राई, रावाबेसी गाउ“पालिका वडा नं ६ हौचुरका वडा अध्यक्ष राजु श्रेष्ठ, सोलुखुम्बुस्थ्ति जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेत लगायतले ग्रामीण आँखा क्लिनिकको सेवाप्रति प्रशंसा व्यक्त गरे ।

तपाईको प्रतिक्रिया