जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने

Halesi Khabar

काठमाडौं। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतले धरौटीमा छोड्न दिएको आदेश बदर माग गर्दै टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेल उच्च अदालत पुगेका छन्।
पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछाने ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । उक्त आदेश बदरको माग गर्दै लामछिाने र कँडेल मंगलबार उच्च अदालत पाटनको हेटौंडा इजलास पुगेका हुन् ।

लामिछाने र कँडेललाई अघिल्लो सोमबार न्यायाधीश हेमन्त रावलको इजलासले धरौटीमा छाड्न आदेश दिएको थियो ।

लामिछाने र कँडेलले फौजदारी कार्यिवधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी निवेदन दर्ता गराएका हुन् ।

उनीहरुको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालत हेटौंडा इजलासले जनाएको छ ।

तपाईको प्रतिक्रिया