नेकपाको सचिवालय बैठक भोलि पुनः बस्दै, एस्ता छन् एजेण्डाहरु

Halesi Khabar

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः बस्ने भएको छ । अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बिहान ११ बजे बस्ने बैठकमा महानगरपालिकाका अध्यक्ष र सचिवका साथै पार्टीका विभिन्न आयोगमा सिफारिस भएका नेता तथा कार्यकर्ताको कार्यबिभाजन बारे छलफल हुने बताइएको छ ।

गत सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा सार्वजनिक टिप्पणी गर्न पार्टीका नेता तथा कार्यक कर्तालाई प्रतिबन्ध लगाएको थियो । सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा टिका टिप्पणी गर्न प्रतिबन्ध गरेको हो ।

सार्वजनिक रुपमा पार्टी पद्धतिभन्दा बाहिर रहि टिप्पणी गरे कारबाहीसमेत हुने निर्णय भएको पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए । उनले नेताहरुको बारेमा टिप्णी गर्नुपर्ने पार्टी प्रक्रियाबाट आउनुपर्ने व्यवस्था गरिएको जनाएका थिए ।

‘हाम्रो पार्टीको नेता कार्यकर्ता वा अन्य कुनै कमरेडको बारेमा पार्टीको केन्द्रदेखि तलसम्म कुनै कमरेडले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र उठाउनुपर्नेछ, पार्टीभित्र छलफलको विषय बनाउनुपर्नेछ’ बैठकपछि पत्रकारसँग श्रेष्ठले सो अवसरमा भने ‘यसलाई सार्वजनिक रुपमा लगिएमा स्पष्टिकरणको प्रक्रिया अघि बढाउँदै आवश्यक कारबाही गरिनेछ ।’

तपाईको प्रतिक्रिया