मन्त्रीको गाडीमा ट्राफिक प्रहरीले लगायो ‘ह्विल लक’

Halesi Khabar

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक गरेको छ। मन्त्री महासेठ चढ्ने बा २ झ ४८६२ नम्बरको गाडीमा नयाँ बानेश्वरमा बुधबार अनधिकृत रुपमा गाडी पार्किङ गरेको भेटिएपछि ट्राफिक प्रहरीले ह्विल लक गरेको हो।

नो पार्किङ एरियामा पार्किङ गरी राखिएकाले कारबाही गरिएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया