प्रेस र मानवाधिकारमाथि अङ्कुश लगाउन खोजियो – सभापति देउवा

Halesi Khabar

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले विभिन्न विधेयक ल्याएर स्वतन्त्र प्रेस र मानवाधिकारमाथि अङ्कुश लगाउन खोजेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन र अन्तरराष्ट्रिय पत्रकार महासङ्घको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यशाला गोष्ठीको उद्घाटनमा उहाँले स्वतन्त्र प्रेस र मानवाधिकारमाथि अङ्कुश लागे नागरिक अधिकार कुण्ठित हुने बताउनुभयो ।

सभापति देउवाले आफ्नो पार्टी लोकतन्त्रको रक्षाका लागि स्थापना भएको उल्लेख गर्दै विगतदेखि नै लोकतन्त्रको रक्षाका लागि विभिन्न लडाइँ लडेको र अब पनि यसमा सबै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांँग्रेस नेता डा मीनेन्द्र रिजालले मिडिया काउन्सिल, सूचना प्रविधि, विज्ञापन नियमन, मानवाधिकार र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक तथा कानूनका केही व्यवस्था संविधानको भावना र मर्मविपरीत भएको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया