पोखराको सौन्दर्यलाई जोगाउन मन्त्री भट्टराईको आग्रह

Halesi Khabar

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखराको सौन्दर्यलाई जोगाउन सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । पोखरा पर्यटन परिषद्द्वारा आज यहाँ आयोजित मन्त्री भट्टराईको स्वागत एवं गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन विषयक अन्तक्र्रियामा उहाँले विभिन्न नाममा भइरहेको अतिक्रमण एवं सुन्दरता खस्कने गरी भएका गतिविधिप्रति सबैको ध्यान पुग्नु आवश्यक रहेको बताउनुभयो ।

मन्त्री भट्टराईले फेवातालमा मिचिएको सार्वजनिक जग्गा फिर्ता गर्नुपर्ने धारणा राख्नुभयो । निर्माणाधीन पोखरा विमानस्थलको काम समयमा नै सम्पन्न हुने बताउँदै उहाँले हवाई मार्गका लागि सम्बन्धित निकायसँग पहल भइरहेको जानकारी दिनुभयो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको र अहिले पनि १०/१२ लाख पर्यटक आइरहेको बताउँदै मन्त्री भट्टराईले उक्त सङ्ख्यामा पर्यटक आउँदैनन् भन्दै हिँड्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया