काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानको काम सम्पन्न गर्न चिनियाँ कम्पनीलाई ठेक्का दिन सहमति दिएको छ । आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कम्पनीलाई ठेक्का दिन उपयुक्त देखिएकाले एसियाली विकास बैंक (एडीबी) ले सहमति दिएको हो । प्राविधिक र आर्थिक दुवै चरणको मूल्यांकन गरेर आयोजनाले सहमतिका लागि १ हप्ताअघि एडीबीलाई पत्राचार गरेको थियो । नेपाल समाचारपत्र दैनिक लेख्छ – ‘प्राविधिक र आर्थिक मूल्यांकन गरेर ठेकेदार छनौटका लागि एडीबीमा पत्राचार गरेका हौं,’ आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले भने, ‘चिनियाँ कम्पनी छनौट गर्ने सहमति भएको पक्का हो ।’ मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको बाँकी काम २ प्याकेजमा सम्पन्न गर्न जेठ १४ गते प्रस्ताव गरेको थियो । त्यसमा १ प्याकेज सुरुङ र अर्को प्याकेज मुहान अर्थात् हेडवक्र्सको बाँकी काम सम्पन्न गर्न चाइनिज कम्पनी सिनो हाइड्रो र नेपाली कम्पनी हाई हिमालायन हाइड्रोले आशा देखाएका थिए । निर्माण कम्पनी छनौट भएपछि मुहानको काम १५ महिना र सुरुङको काम १ वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना बनेको आयोजनाले जनाएको छ । २७ किलोमिटर सुरुङ खण्डमध्ये करीब १ किमी सुरुङ खण्डको ढलान र सपोर्ट तथा सुरुङको हावा फाल्ने तीनटा भेन्टिलेसन साफ्ट, टनेल गेट र हेडवोक्सको काम बाँकी रहेको छ । सरकारले समयमै मेलम्चीको काम सक्न ७ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
मेलम्ची मुहानको काम चिनियाँलाई दिने सहमति
Halesi
तपाईको प्रतिक्रिया
- १. रेश्मिका परियार हत्या प्रकरण : घटनाको छानबिन गर्न उच्चस्तीय समिति गठन गर्न माग
- २. हैदरावाद पुगेको हप्ता दिन नबित्दै गाडीको ठक्करबाट तीलकको मृत्यु
- ३. दिक्तेल रुपाकोट मझुवागढीमा १४ जना नयाँ क्षयरोगका बिरामी
- ४. बालकोटको भेट र स्मृतिमा ओली
- ५. आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा
- ६. ज्येष्ठ नागरिक सङ्घमा टेलिभिजन र वाईफाई जडान गर्न आर्थिक सहयोग


