चौथो सामुदायिक वन दिवस ः उत्कृष्ट सात वन समूह पुरस्कृत

Halesi

खोटाङ, २५ साउन ः डिभिजन वन कार्यालय खोटाङले वन दिवसको अवसरमा सामुदायिक वन र कबुलियती वनका उत्कृष्ट उपभोक्ता समूहलाई पुरस्कृत गरेकोे छ । चौथो सामुदायिक वन दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७५ र ०७६ मा उत्कृष्ट वन उपभोक्ता समूहलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा सामुदायिक वनतर्फ कोरे सामुदायिक वन जालपा पहिलो, भिखारीपाखा सामुदायिक वन ऐसेलुखर्क दोस्रो र राम्चेबराल थुम्की सामुदायिक वन दिप्लुङ तेस्रो भएका छन् । पुरस्कृत हुने समूहलाई क्रमशः रु छ हजार, पाँच हजार र चार हजार नगदका साथमा प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ ।

कबुलियती वनतर्फ चिसापानीको चिप्लीपहरा कबुलियती वन पहिलो, सावा किलम्पा कबुलियती वन र चुलेखुपाखा कबुलियत वन माक्पा दोस्रो र खिरिम्ते कबुलियती वन दुर्छिम तेस्रो भएको छ । कबुलियती वन समूहतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रशमः नगद रु १५ हजार, ११ हजार र आठ हजारको साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।

उत्कृष्ट समूहलाई जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर विश्वकर्माले पुरस्कार प्रदान गर्नुभयो । ‘सामुदायिक वनमा नवीनतम सोच, उत्पादन, उद्यम र संमृद्धिमा जोड’ भन्ने नाराका साथमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, लफ्याङ र खाल्लेमा पर्ने देविस्थान सामुदायिक वनमा आँप, तेजपात लगायतका विरुवा समेत रोपिएको छ ।

तपाईको प्रतिक्रिया