सरकारले धुलो दूधको आयात प्रतिबन्ध हटाउँदैन – मन्त्री खनाल

Halesi

काठमाडौं । सरकारले धुलो दूधको आयात प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा आज निजी डेरी उद्योगीसँग भएको छलफलमा कृषिमन्त्री चक्रपाणि खनालले धुलो दूध आयात खुला गरिनु किसान र उपभोक्ताको हितमा नरहेको उल्लेख गर्दै आयातमा लगाइएको प्रतिबन्ध नहटाइने स्पष्ट पार्नुभयो ।

बाहिर प्रचार गरिए जस्तो दूधको अभाव नभएको उल्लेख गर्दै उहाँले केही समयलाई दूध अपुग भए आन्तरिक रुपमै व्यवस्थापन गर्न ध्यान केन्द्रित गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा दूध पर्याप्त छ । त्यसलाई शहरसम्म ल्याइपु¥याउने विधि खोजौँ । बरु सूचना जारी गरौँ । गाडी नपुगेका ठाउँमा गाडी लैजाऔँ ।”

छलफलमा निजी डेरी उद्योगीले पाउडर दूध आयातमा लगाइएको प्रतिबन्ध हटाइदिन आग्रह गरेका थिए । भदौ, असोज र कात्तिकमा नेपालीका ठूला चाडबाड पर्ने तथा दूध उत्पादन कम हुने भन्दै उनीहरुले एक पटकका लागि कम्तीमा तीन महिना आयातमा लगाइएको प्रतिबन्ध हटाउन अनुरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया