मोरङ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले युवाको बारि बाँझो हुन नहुने र अर्गानिक खेति गरेर जनताकासामू सबैले परिश्रम गरेर खानु पर्छ भन्ने उदाहरण देखाउन निर्देशन दिएका छन् ।
सांगठनिक कामका लागि प्रदेश १ मा पूर्व वाइसिएलको पदाधिकारी टिम लिएर पुगेका अध्यक्ष दिपशिखाले उर्लाबारीमा युवा नेता तथा कार्यकर्तालाई जनप्रतिनिधिको काम कारवाही प्रति निगरानी राख्दै जनताको सेवामा चुस्तता रहे नरहेकोबारे सचेत बन्दै खबरदारी गर्न निर्देशन दिएका छन् ।
जनप्रतिनिधिलाई रचनात्मक सुझावका साथै खबरदारी गर्नु युवाको जिम्मेवारी रहेको भन्दै आफ्नो समेत बारी बाँझो राखेर हिड्ने तर अरुलाई वैज्ञानिक कृषिका कुरा गरेर हिड्न नहुने तर्क राखेका हुन् । दिपशिखाले भने नेपालले राम्रो कृषि मन्त्री पाउनका लागि सबै कृषकहरु आफुले गर्ने कृषीजन्य उत्पादनका काममा दक्ष हुनुपर्ने कुरामा जोड दिए । डाँडामा बस्ने बा९आमालाई खाना पकाउन दाउरा होइन ज्ञास पुर्याइदिने युवाले समाजका लागि केही गर्न नसक्ने भन्दै गाउँमा बसेर दुई किलो टमाटर किनेर तरकारी बनाउने होइन आफ्नै बारीमा तरकारी उत्पादन गरि बजारमा बेच्न आग्रह गरे ।
जनताले नेताहरुको आचरण बिग्रेको भन्दै राजनीति प्रति नै वितृष्णा जाग्ने खालका कामहरु हुनबाट जोगिन ठेकेदारको अघि पछि उभिएर खाने युवाले नत आफ्नो लागि केही गर्छ नत आफ्नो परिवारको लागी ।
युवालाई निर्देशन दिदै अध्यक्ष दिपशिखाले भने, ठेकेदारको अघि पछि उभिएर खाने युवा र कलेज संचालकको गाडी चढेर खाने विद्यार्थी नेताले जनताको जनवादका लागि केही गर्न सक्दैन । मैले संगठनका सबैलाई भनेको छु अबको युवा संगठनका नेताहरुको वारि बाझो बस्नु भएन । सबैले आफ्नो बारीमा अर्गानिक खेतो गर्न जरुरी छ ।
जनप्रतिनिधिले डोजर किनेर आफ्ना क्षेत्रका निर्मानका कामहरु आफैले गरेर सम्पत्ति आर्जन गरेको खबरहरु आइरहेको अवस्थामा खबरदारी गर्दै आफैले डोजर किन्ने, आफू अनुकुल उपभोक्ता समिती बनाउने र अनुगमन समेत आफैले गर्ने प्रवृत्तिले पार्टीको छवि समेत बिग्रिएको भन्दै यस्ता कुरामा सचेत गराउने नमानेमा संघर्षद्वारा त्यस्ता कार्य निरुत्साहित गर्ने तर्फ लाग्नु पर्ने उनको जिकिर थियो ।
यस्तै, युवाहरुले पार्टी एकताको मर्म र स्पिरिटलाई बुझेर आम जनताको घरघरमा जनतामूखी सेवा प्रवाहमा ध्यान दिनुपर्ने अध्यक्ष दिपशिखाको ठम्याई रहेको छ ।


