काठमाडौं । प्रतिनिधि सभाहलमा वातानुकूल यन्त्र (एसी) नभएको भन्दै सांसदले गुनासो गरेका छन् । बिहिबारको प्रतिनिधि सभा वैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद सुजाता परियारले सभाहलमा एसी नहुँदा गर्मीले गुम्सीएर बसिखप्नु नभएको भन्दै गुनासो गरेकी हुन् ।
उनले तीन दिनदेखि बिग्रिएको एसी बनाउँदा ध्यान नदिएको भन्दै विरोध गरिन् । ‘यस सभाहलमा केहि दिनदेखि एसी छैन् । अहिले केहि दिनदेखि यति धेरै गर्मी बढेको महिनामा यस्तो गुम्सीएर सभाहलमा बस्नुपरेको छ । तीन–तीन दिनसम्म पनि एसि बनाउन नसक्नु यो त सरासर लापरबाही हो ।’ सांसद परियारले भनिन् ।
सभामुखमार्फत एसी बनाउन ध्यानाकर्षण गराउँदै परियारले प्रश्न गरिन्, ‘संसद सचिवालयले दिएको भाडाले एसीमा पानी पनि किन्न नसकिएको हो कि पेट्रोलभन्दा पानीको मूल्य बढी भएको हो रु’


