काठमाडौ । सरकारले २ मन्त्रालयका २ जना सचिवको सरुवा गरेको छ । गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकले २ जना सचिवको सरुवा गरेको हो ।
बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई जल तथा उर्जा आयोग र जल तथा उर्जा आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई सहरी विकास मन्त्रालयको सचिवमा सरुवा गरको जानकारी दिए ।


