जेलमा कालो मार्सीको भात खान्छन् विप्लवका नेता

Halesi

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीलाई जेल भित्र कालो मार्सी धानको भात र चाहेको अन्य खानाको सुविधा कारागारले दिने गरेको छ ।

कारागारमा पनि उनले मार्सी धानको मात्र भात मात्र खाने गरेका छन् । हेमन्त वलीको स्वास्थ्यको ख्याल गरेर उनले चाहेको खानाको परिकार उपलब्ध हुने गरेको कारागारका प्रमुख जेलर वेदनिधि अर्यालले समेत पुष्टि गरे ।

‘कालो मार्सी चामलको धानको भातमात्रै नभनौं उनलाई राजबन्दी सरहको सुविधा दिइएको छ,’ अर्यालले भने, ‘विभिन्न प्रकारको स्वस्थ्य समस्याका कारण उनले माग गरे अनुसारको खाना दिने गरिएको हो ।’

जेलर अर्यालका अनुसार वली कहिलेकाँही कोदो र फापरको ढिँडो पनि खान्छन् । वलीको स्वास्थ्यका कारण उनलाई मार्सी सुबिधा उपलव्ध गराइएको हो ।

तपाईको प्रतिक्रिया