काठमाडौँ । चलचित्र निर्माता छवि ओझा र उनकी पत्नी शिल्पा पोखरेलविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
छविको पूर्वपत्नी सुनसरी जिल्ला धरान नगरपालिका १ की ५३ वर्षीया हेमा ओझाले प्रहरी परिसरको कालीमाटी महिला सेलमा उनीहरुविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । त्यसैका आधारका छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
प्रहरीले पक्राउ पुर्जी जारी भएलगत्तै उनीहरुको खोजी सुरु भएको जनाएको छ ।


