चितवनबाटै बजेट संकलन नभएपछि रंगशाला निर्माणको काममा ढिलाइ

Halesi

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष शिताराम कंटेल धुर्मुसले रंगशाला निर्माणका लागी चितवनबाटै बजेट संकलन नहुदा निर्माण कार्यमा तिब्रता दिन नसकिएको बताएका छन् । २ महिना देखि रोकिएको रंगशाला निर्माण कार्य बारे संचारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

रकम अभावले तयारी अवस्थामा रहेको डिपिआर समेत ल्याउन नसकेको उनको भनाई थियो । डिपिआरका लागी तत्काल ५ करोड बढि रकम भुक्तानी गर्नु पर्ने र फाउण्डेसनको खातामा रकम नहुदा समस्या भएको बताए । बोलेको रकम समेत नउठेको र हाल सम्म १ करोडको हाराहारिमा बजेट खर्चो भईसकेको भन्दै उनले तत्कालै ५ करोड रकम संकलन गरि डिपिआर ल्याएर बाकी निमार्णको काम अगाढी बढाउनु आवस्कय रहेको बताए ।

जति चाडो डिपिआर आउछ त्यती चाडो परियोजना निमार्ण हुने बताउदै उहाले तत्कालै ५ करोड बजेत आवस्यक परेकाले बजेट ब्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभयो । रंगशाला निर्माण गर्न चितवनमा सर्वपक्षीय ५ हजार १ सदस्यीय मूल सहयोग समिति गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया