भोलि बस्ने भनिएको नेकपा सचिवालय बैठक अचानक किन स्थगित भयो ?

Halesi

काठमाडौं । दिउँसो १ बजे बस्ने तय भएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ । आज अपरान्ह अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता पश्चात बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेदेखि बेलुकी सात बजेसम्म ओली र प्रचण्डबीच छलफल भएको थियो । भोलिको बैठक स्थगित हुनुको कारण प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया