विप्लवका जुम्ला सेक्रेटरी शाही घरैबाट पक्राउ

Halesi

जुम्ला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला सेक्रेटरी बिर्खबहादुर शाही पक्राउ परेका छन् । हुम्लाको हिमा गाउँपालिका ६ निवासी शाहीलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

शाहीसँगै प्रहरीले युवा संगठनका कर्णाली इन्चार्ज बखतबहादुर विष्टलाई पनि पक्राउ गरेको छ । कालिकोट नरहरि निवासी विष्टलाई पार्टीकै कामको शिलशिलामा शाहीको घर पुगेका थिए ।

शाही र बिष्ट सँग ८ ओटा पुस्तकसहित युवा संघको लेटरप्याड, केही चन्दा रसिद बरामद गरेको जुम्ला प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया