खोटाङ । लोकसेवा आयोगको परीक्षामा प्रश्नपत्र च्यातिएको प्रकरणमा पक्राउ परेकी स्थानीय पत्रकार सविना परियारसहित चारै जना आइतबार रिहा भएका छन् । शनिबार दिक्तेल बहुमुखी क्याम्पसमा लोकसेवा आयोगले सञ्चालन गरेको स्थानीय तह पाचौँ तहको परीक्षामा प्रश्नपत्र च्यात्ने रविन खम्बु, एलबी मगर लगायत चारै जना छुटेका हुन् ।
शनिबार बिहान पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषदका सचिव रविन खम्बु र सहसचिव एलबी मगर, दलित विकास मञ्च खोटाङका अध्यक्ष मिलन चाहार र स्थानीय रुपाकोट साप्ताहिककी सविना परियार छुटेका हुन् ।


