परराष्ट्रमन्त्री ज्ञवालीसहित १४ जनाद्वारा अङ्गदान

Halesi

भक्तपुर । परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली दम्पतीले आफ्ना शरीरका विभिन्न अंग मृत्युपपछि जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अंगदानको घोषणा गरेको छ । शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँहरुले अंगदानको घोषणा गर्नुभयो । ज्ञवाली दम्पतीले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज र सानो आन्द्रा दान दिने मन्जुरिनामामा हस्ताक्षर ग¥यो ।

कार्यक्रममा मन्त्री ज्ञवालीले आफ्नै स्रोत साधन सीमित रहँदाको अवस्थामा पनि बिरामीका लागि सक्दो सहयोग गर्न सरकार लागिरहेको बताउनुभयो । अब उपचारका लागि पैसा नभएर ज्यान जानुपर्ने अवस्था नरहने बताउँदै उहाँले स्वास्थ्य बीमामार्फत रु एक लाखसम्मको औषधोपचारका लागि सरकार लागिरहेको जानकारी दिनुभयो ।

केन्द्रका निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले अंगदान गर्ने कानूनी व्यवस्था रहेपनि चेतनाको अभावका कारण हुन नसकिरहेको बताउनुभयो । उहाँले कानून बनेको दुई वर्षमा ३ जनाबाट मात्रै अंग लिएर ६ जनालाई मिर्गौला र एकजनालाई कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । सो अवसरमा परराष्ट्रमन्त्रीकी धर्मपत्नी सरस्वती ज्ञवाली, परराष्ट्र मन्त्रालयका अधिकृत टीकाराम ज्ञवाली, भक्तपुर अस्पतालका पूर्व अध्यक्ष सुरेश न्यौपाने, वर्तमान अध्यक्ष मिलन सुवाल, मानव अंक प्रत्यारोपण केन्द्रका डा। रबि भूषण सुवाल लगायत १४ जनाले पनि अंगदानको घोषणा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया