नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मेयर दाहाल मनोनयन

Halesi

भरतपुर । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल नगर विकास कोषको सञ्चालक समितिको सदस्यमा मनोनयन भएकी छन्।

प्रत्येक प्रदेशका विभिन्न महानगर र नगरपालिकाका मेयर तथा उपमेयर तीन जना महिलासहित ७ जनालाई नगर विकास कोषको सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने प्रावधान रहेको छ । सोही प्रावधानअन्तर्गत प्रदेश ३ नं बाट भरतपुर महानगर प्रमुख दाहाल मनोनयन भएकी हुन् ।

सरकारका प्रवक्ता सञ्चार मन्त्री गोपाल बास्कोटाले आज पत्रकार सम्मेलनमा भरतपुर महानगर प्रमुख दाहाललाई नगर विकास कोषको सञ्चालक समितिमा मनोनय गरेको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया