बढि फलोवर्स भएका नेता अब ट्वीटरको निशानामा, किन ?

Halesi

काठमाडाै‌ । माइक्रो ब्लगिंग साइट ट्विटरको निशानामा अब नेताहरू पर्ने भएका छन् । बढि फलोवर्स भएका त्यस्ता नेताहरू ट्वीटरको निशानामा पर्ने भएका हुन् । त्यतिमात्र होइन आपत्तिजनक र जनता भड्काउने खालका भाषण गर्ने त्यस्ता नेताहरू निशानामा पर्ने भएका हन् ।

हालै कम्पनिले सोसल मिडियामा जोडिएका चर्चित नेता, भेरिफाइड यूजर्स र एक लाख भन्दा धेरै फलोवर्स भएका यूजर का पोष्टहरूमा ट्वीटरले खास ध्यान दिने भएको हो । ट्वीटरले उसको यो नीति उलंघन गर्नेलाईं सूचित गर्ने पनि जनाएको छ ।

गत बिहिवार ट्विटर सेफ्टीले आफ्नो ब्लग पोस्टमा भनिए अनुसार यो सूचना स्क्रिन मै देखिने छ र जसमा क्लिक गरेर वा ट्याप गरेर युजर यसमा दिइएको सूचना हेर्न सक्छन् । यो युजरको होम टाइमलाइन, सचर् जस्ता स्थानहरूमा देखिने छ । युजरको ट्वीटका साथ एक फिका खैरो कलरमा बक्स पनि देखिन्छ । यसबाट थाहा हुन्छ कि यो पोस्ट विवादित पोस्ट हो ।

ट्वीटरले पहिले विवादित पोस्टलाईं पनि आउनबाट रोकेको थिएन किनकी यो जनसमुदायको चासो रहने उसको विश्वास थियो । र, उनीहरूलाईं यसमा कसरी बन्देज गर्ने भन्ने पनि फुरेको थिएन । अब भने ट्वीटरले जो सरकारी अधिकारी वा नेता छन् र जसका फलोवर्स लाख भन्दा बढि छन्, उनीहरूलाईं चासोका साथ हेर्ने जनाएको छ ।

यस प्रकारको कामका लागि ट्वीटरले क्रस फङ्सनल टीमलाईं खटाएको छ । जसमा ट्रस्ट एण्ड सेफ्टी, पब्लिक पोलिसी र रिजनल टीमका कर्मचारी सामेल छन् । उनीहरूले तय भएको मापदण्डका आधारमा जनताको हितमा छ छैन जाँच गर्नेछन् ।

तपाईको प्रतिक्रिया