विप्लवका नेता विक र खड्का पक्राउ

Halesi

बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनका कार्यकर्ताहरुले गुल्मीको सदरमुकाम तम्घासको प्रहरी प्रशासनकै कोखमा आएर सोमवार बिहान खुल्ला कार्यक्रम गरेका छन्।

सो पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थीहरुले तम्घासको महेन्द्र नमुना माध्यामिक विद्यालयमा ब्यानर सहित खुल्ला कार्यक्रम गरेका हुन्।जिल्ला प्रहरी कार्यालयदेखि ३ सय मिटर दुरीको आडैमा उनीहरुले कार्यक्रम गरेको सुराकी पाउनासाथ सो संगठनका जिल्ला सचिव विष्णु विक र जिल्ला सदस्य राज खड्कालाई पक्राउ गरि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमूख एसपी दिपककुमार बस्नेतले जानकारी दिए।

सरकारले प्रतिबन्ध लगाइरहेको बेला खुल्ला कार्यक्रम गर्ने सो पार्टीका दुई कार्यकर्तालाई पक्राउ गरी अनुसन्धान गरिने एसपी बस्नेतले बताए। सो संगठनका जिल्ला अध्यक्ष विकल्प खत्रीले सम्पर्क राख्दा उनले पार्टीलाई प्रतिबन्ध लगाइए पनि विद्यार्थीले शान्तिपूर्ण रुपमा पढ्न र संगठनको काम गर्न पाउनुपर्ने बताए। उनले भने, ‘पक्राउ परेका दुई कार्यकर्ताका विषयमा के गर्ने भन्ने बारेमा हामी छलफल गर्दैछौं, तत्काल रिहाई नगरे संघर्षका कार्यक्रमहरु गर्नेछौं।’

तपाईको प्रतिक्रिया