काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु भएको परिवारलाई सरकारले यथोचित व्यवस्था गर्ने आइतबार बसेको मन्त्रिपरिषदले निर्णय गरेको छ ।
यस्तै, सरकारले घाइतेका उपचारको सम्पूर्ण व्यवस्था मिलाउने बैठकले निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्वीट गर्दै मन्त्रिपरिषको निर्णय सार्वजनिक गरेका हुन् ।



