वर्षाका कारण सिंहदरबारको पर्खाल भत्कियो

Halesi

काठमाडौँ — निरन्तरको वर्षाका कारण सिंहदरबारको पूर्वी गेट नजिकैको पर्खाल भत्किएको छ । सिंहदरबार वृत्तका डिएसपी कौशल बुढाथोकीका अनुसार तीस मिटर जति पर्खाल भत्किँदा एकजना सामान्य घाइते भएका छन् ।

उनले भत्केको पर्खालको भाग सडक पेटीमा मात्रै खसेकाले यातायात भने अवरुद्ध नभएको बताए । पर्खाल भित्रपट्टी रहेको माटोको थुप्रो सडकमा खस्न सक्ने भएकाले अहिले डोजर लगाएर माटो हटाउने काम भइरहको छ ।

तपाईको प्रतिक्रिया