काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्दार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरुको समिक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्दारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिए ।
बिहीबार साँझबाट सुरु भएको अविरल वर्षासँगै देशका विभिन्न भाग बाढि, पहिरो र डुबानको चपेटामा परेको छ । मन्त्री बास्कोटाले राजधानी काठमाडौंसहित पर्सा, भोजपुर, रामेछाप, सिन्धुली, खोटाङ, काभ्रे, सर्लाही, रौतहटलगायतका जिल्ला डुबान, बाढी र पहिरोको चपेटामा परेको पनि बताए ।


