काठमाडौं । प्रहरीले आफूलाई नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी) भन्दै हिड्ने व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार धादिङ धुनिबेसी नगरपालिका–२ का ३८ वर्षीय राजेन्द्र प्रसाद लुइटेललाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले लुइटेल भगौडा प्रहरी भएको पनि बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
उनले आफू सिआइबीको डिएसपी हुँ भन्दै आफ्नो सेक्युरिटी कम्पनीमा सेयर हाल्न पटक पटक भेटेर तथा फोनमा आग्रह गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।


