काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भोजपुर गोलीकाण्डबारे धारणा सार्वजनिक गरेको छ । नेकपाले भोजपुरमा प्रहरीसँगको प्रतिरोधका क्रममा आफ्ना नेता निरकुमार राई ९प्रशान्त०को मृत्यु भएको दाबी गरेको छ ।
प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको सगरमाथा ब्यूरो इन्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तीमा जिल्ला नेता निरकुमार राई (प्रशान्त) सदरमुकाममा रहेका परिवारलाई भेटेर फर्किने क्रममा प्रहरीसँगको जम्काभेटमा प्रहरीको प्रतिरोधको क्रममा मारिएको जनाएको छ ।
विज्ञप्तिमा ७ जेठमा भोजपुरको टेम्के मयुम गाउँपालिका–२, दलसिंगेस्थित बाटो हिँडिरहेका वेला गिरफ्तार गरी चरम यातना दिइ हत्या गर्ने मध्येका एक सञ्जिव भएको दाबी गरिएको छ ।
भोजपुर सदरमुकाम हटिया लाइनमा बुधबार बिहान भएको भिडन्तमा प्रहरी जवान सञ्जिव पनि मारिएका थिए ।


