काठमाडौँ । तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकामा संसद्मा आपत्ति जनाएका छन् । सांसद अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाइन् ।
राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै उनले भनिन्, “भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने भनिएको थियो तर सरकारले त्यो निणर्य किन फिर्ता लियो रु विषादीयुक्त तरकारी उत्पादन र बिक्री वितरणमा कडाइका साथ रोक लगाइयोस्, जनताको स्वास्थ्यको ख्याल गरियोस् ।”
नेपाली कांग्रेसका सांसद गगन थापाले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको आलोचना गरेका छन् ।
शनिवार बानेश्वरस्थित संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकमा नेकपा सांसदहरुले नै भारतीय दबावसामु सरकार झुकेको आरोप लगाएका थिए । भीम रावल लगायतका सांसदहरुले नेपालले विषादी जाँच्छु भन्दा भारतले नगर भन्नु र सरकार पछि हट्नु गलत भएको बताएका थिए । वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले विषादीयुक्त खाद्यान्न प्रयोग नभएको विश्वास जनतालाई दिलाउन सक्नुपर्ने भन्दै उनले भने, ‘हामी कसैको दबाबको सामु झुक्नु जरुरी छैन ।’


