प्रधानमन्त्रीको सल्लाहाकार विष्णु रिमालकाे ट्वीटको सर्वत्र चर्चा, कसले छिरायो संसदमा ‘छौंडा’?

Halesi

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले आईतबार बिहानै गरेको ट्वीटको सर्वत्र चर्चा भएको छ । दिनभरमा भारइरल भएको उनको उक्त ट्वीटमा उल्लेखित छौंडा भन्ने शब्दले संसदमा प्रवेश पाएको छ । आईतबारको संसदमा शुन्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद अत्तहरकमाल मुसालमानले छौंडाको विषय उठाए ।

उनले भने, ‘यो मेरो भनाई होईन । विदेशी वा स्वदेशीले देशमा हाल छौंडाहरु छोडिरहेका छन् । त्यही छौ।डाहरु देशमा चलाउयमान हुँदा राष्ट्रवादको मास्क लगाएको सरकारले देशमा विदेशी प्रभूको ईसारामा आईफा अवार्ड गर्न लागेको देखिन्छ । त्यही छौंडाहरु अझै सक्रिय हुंदा विभिन्न देशबाट आयात भएका तरकारी र खाध्यन्न विना विषदी परिक्षण नेपाल भित्रिएका छन् । त्यही खान किसान बाध्य भएका छन् ।

किसानले अझै मलखाध पाउन सकेका छैनन् । यसरी जनताको स्वास्थ्यसंग खेलवाड, धर्मसंस्कृतीमाथि खेलवाड र विदेशीको ईसारामा राष्ट्रवादको नारा लगाउने छौंडाहरु कहाँ र को बाट निर्देशित छन् ? अझै मलखाध पाउन सकेका छैनन् । यसरी जनताको स्वास्थ्यसंग खेलवाड, धर्मसंस्कृतीमाथि खेलवाड र विदेशीको ईसारामा राष्ट्रवादको नारा लगाउने छौंडाहरु कहाँ र को बाट निर्देशित छन् ?’

तपाईको प्रतिक्रिया