सरकारमाथी कांग्रेसको आरोप – विषादी परीक्षणबाट पछि हटेर सरकारले छिमेकीसँग घुँडा टेक्यो

Halesi

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विषादी परीक्षणबाट पछि हटेर सरकारले छिमेकीसँग घुँडा टेकेको आरोप लगाएको छ । सरकारले आफैंले घोषणा गरेको नीतिबाट पछि हटेर लम्पसारवादी नीति लिएको कांग्रेसको आरोप छ ।

आईतबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार शक्तिहरुको सामुन्ने निरिह र लम्पसार भएको आरोप लगाए । ‘जनताको जीवनको रक्षा गर्ने सरकारले जनताको जीवनसँग खेलबाड गरेर त्यहि अखाद्य तरकारी र फलफूल जस्ताको तस्तै ल्याउन दिने अधिकार गरेको छ । सरकारले घुँडा टेकेको छ ।’ खाँडले भने, ‘सरकारले लम्पसारवादी नीति अगाडि बढाएको छ । सरकारले शक्तिहरुको सामुन्ने आफुँ निरिह र लम्पसार भएको छ ।’ सरकारको लम्पसारले आम नेपाली जनतामाथिको स्वास्थ्यमा गम्भिर प्रश्न चिन्ह खडा गरेको खाँडले बताए ।

तपाईको प्रतिक्रिया