त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर सुन तस्करी गरेपछि…

Halesi

काठमाडौं । सुन तस्करहरुले नयाँ–नयाँ शैली अपनाउन थालेका छन् । त्यही नयाँ शैलीको पछिल्लो उदाहरणको रुपमा डाइपरमा राखेर सुन तस्करी गरिएको भेटिएको छ ।

आईतबार नेपाल प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट लुकाएर ल्याइएको ५ सय ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङका लीलाबहादुर बस्नेतलाई सुनसहित पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकु र विमानस्थल सुरक्षा प्रहरी कार्यालयको संयुक्त अप्रेसनबाट बस्नेतलाई समातिएको हो ।

बस्नेत वैदेशिक रोजगारीका क्रममा दोहा कतारबाट फर्किएका व्यक्ति हुन् । उनलाई गिरोहले सुन लगिदिए वापत पैसा दिने सर्तमा डाईपरभित्र लुकाएर पठाएको थियो । डाईपरभित्र सुनका रिंगहरु बनाएर पठाइएको थियो ।

प्रहरीले उस्तै शैलीबाट सुन तस्करी गर्न खोज्ने अर्का भरियालाई पनि पक्राउ गरेको छ । दोहा कतारबाट आएका वीरबहादुर थारुलाई विमानस्थलको एक्सरे चेकजाँचको क्रममा पक्राउ गरेको हो । थारुको साथबाट प्रहरीले करिब दुई सय ग्राम सुन बरामत गरेको छ ।

तपाईको प्रतिक्रिया