सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित जुगल गाउँपालिका–२ गोल्चेमा जलविद्युत् आयोजनामा भेल पस्दा एकजना इन्जिनियर बेपत्ता भएका छन् ।
अबिरल वर्षासँगै आएको भेलका कारण निर्माणाधीन गाउँघर उज्यालो साना घट्ट खोला जलविद्युत् आयोजनामा पस्दा एक इन्जिनीयर बेपत्ता भएका हुन् । मध्यरातमा आयोजनाभित्र भेल पस्दा जलविद्युत् आयोजनामा कार्यरत दोलखा सुनखानी–९ घर भई हाल दोलखा कालीञ्चोक–८ बस्दै आएका २३ वर्षका इन्जिनीयर मुक्ति सिवाकोटीलाई भेलले बगाएको हो ।
आयोजनामा सापकोटासहित तीन जना बस्दै आएका थिए । अन्य दुई जना भागेर बाँच्न सफल भए पनि उनलाई भने भेलले बगाएको बताइएको छ । बेपत्ता सापकोटाको खोजीका लागि प्रहरी खटिएको छ ।


