बबरमहलमा स्कुटर र ट्याक्सी ठोक्किँदा दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

Halesi

काठमाडौं । काठमाडौंको बबरमहलमा स्कुटर र ट्याक्सी एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका अनुसार माइतीघरबाट बानेश्वर जाँदै गरेको बा८३प ४०३५ स्कुटी र बानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको बा२ज ११८८ नं को ट्याक्सी काठमाडौं महानगरपालिका–११ स्थित बबरमहल सडकमा एकआपसमा ठोक्किएको हो

स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरीको भने माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल उपचार भइरहेको छ ।

दुर्घटनापछि खोटाङ घर भएका ट्याक्सी चालक मिलन राई र ट्याक्सी प्रहरीको नियन्त्रणमा छ ।

तपाईको प्रतिक्रिया