काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेको ‘राज्यज्योतिषी’ भन्दै व्यङ्ग्य गरेका छन् ।
भट्टराईले ओली सक्षम भन्दा पनि उनी काकतालीले अहिलेको अवस्थामा आइपु्गेको समेत टिप्पणी गरेका छन् ।
शुक्रबार बिहान भट्टराईकै पार्टीका केही नेतालाई नेकपा प्रवेश गराउने क्रममा ओलीले बाबुरामलाई भ्यागुताको कथा सुनाएर व्यङ्ग्य हानेका थिए ।
भट्टराईले सामाजिक सञ्जालमा लेखेको कथा यस्तो छ
हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ, त्यो संगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो किरुकथा यस्तो छ-निदुली बाहुन साँझमा ससुराली पुगेछन्।
सासू भित्र सेलरोटी पकाउँदै रहिछन्।ज्वाइँ बाहिर पिंढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन्! पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन्! ज्वाइँले भनेछन्-‘रोटी पाके दुइ बीस चार, ज्वाइँका भागमा किन चाररु’ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन्।गाउँमा धोबीको गधा हराएको रहेछ।धोबीले ज्वाइँसंग हराएको गधा पत्ता लगाइदिन भनेछन्! अब पर्यो फ़साद१भोलिपल्ट विहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबैसुतेपछि ज्वाइँले टाप कसेछन् ।
भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन्! के खोज्छस् दृष्टिविहीन,आँखा१ज्वाइँ ससुराली घर फर्केर सुतेछन्भो!लिपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन्अ!ब के चाहियोरुनिदुलीको ख्याति राजदरबारसम्म पुगेछ।राजाले दरबारमा बोलाएछन् र हराएका हीरा-जवाहरत पत्ता लगाउन भनेछन्।बस्न कोठा दिएछन्अ!ब पर्यो महाफसाद!भागौं,पहरा छ! कोठामै बर्बराएछन्-‘रोटी गनीगनी जैसी कहाएँसधोबीको गधा उखुवारी पाएँसअब आयो निदूली तेरै काल!’पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ! उसको नाउँ पनि निदूली रहेछ!उसले रूँदै आएर भनिछ-‘बाजे मेरो ज्यान बचाइदिनोस्,हीरामोती मैले चोरेर फलानो ठाउँमा राखेकीछु।’निदूली राजज्योतिषी बनेर धनधान्य भएछन!अब आफै बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो !
के भनेका थिए ओलीले ?
प्रधानमन्त्री ओलीले देशमा पीएचडी गरेका व्यक्तिहरु धेरै भएको भन्दै तीमध्ये केही व्यक्तिहरु देशमा पीएचडीवाला आफूमात्रै भएको भनेजसरी हिँड्ने गरेको बताएका थिए ।
उनले पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइको नाम लिँदै भ्यागुताको कथा जस्तो नहुन सुझाव दिएका थिए । ‘यहाँ कोहीकोही पीएचडीवाला आफूमात्रै हुँ भन्ने पनि छन् । तर त्यस्तो होइन । एउटा भ्यागुतोको बच्चाले एक दिन गाइको बाछो देखेछ । गाइको बाछो उसलाई निकै ठूलो लागेछ । अनि गएर आफ्नो आमासँग भनेछ – आज मैले धेरै ठूलो जनावर देखे,’ ओलीले भने, ‘आफ्नो बच्चाले ठूलो जनावर देखेपछि आमालाई पनि कौतुहलता लागेछ र भुँडी फुलाउँदै जनवारजत्रो हुने प्रयास गर्दागदै भुँडी नै फुटेर मरेको थियो, त्यस्तो नहोस् ।’ उनले भ्यागुताको कथा सुनाउँदै सँगै रहेका अर्का अध्यक्ष प्रचण्डलगायत बेस्सरी हाँसेका थिए ।
प्रधानमन्त्री ओलीले दुई तिहाइ अटेको कम्यूनिष्ट पार्टीमा बाबुराम भट्टराई मात्र नभई सिंगो समाजवादी पार्टी पनि अट्न सक्ने भन्दै देश बनाउने बेलामा डिलमा बसेर मतभेद गर्न नहुने बताएका थिए । ‘आउनुहोस् सबै मिलौँ देश बनाऔँ,’ प्रधानमन्त्री ओलीको भनाई थियो । व्यक्तिगत स्वार्थलाई गौण र राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर विकसित देश बनाउन आफूहरु लागिपरेको ओलीको भनाई थियो ।


