मास्क लगाउनु पर्दैन् भन्ने आफ्नो भनाईको मजाक उडाइएकोमा प्रधानमन्त्री ओलीले फर्काए यस्तो जवाफ

Halesi

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले मास्क लगाउनु पर्दैन् भन्ने आफ्नो भनाईको मजाक उडाइएको बताएका छन् ।

राजधानीमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने ‘मैले काठमाडौंमा पहिले भन्दा अहिले धुलो निकै कम भएको छ भनेको हुँ ।’ ‘अब कसैलाई मास्क लगाउने बानी परेको छ भने, लगाइराख्नुहोस । मास्क लगाउँदा स्वास्थ्यलाई फाइदै हुन्छ’उनले भने ।

केही दिनअघि मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले ‘अहिले काठमाडौंमा मास्क लगाएर कोही पनि हिँड्दैन’ भन्ने अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भएको थियो। उनको उक्त भनाइप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा समेत कुरा उठाएकी थिइन्।

तपाईको प्रतिक्रिया