काठमाडौं । समाजवादी पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको टिप्पणी प्रति कडा कटाक्ष गरेका छन् । भट्टराईले सत्तारुढ नेकपामा दीपक मनाङ्गेजस्ता बौद्धिकहरुले भरिएको भन्दै व्यंग्य गरेका छन् ।
उनले दिपक मनाङ्गेजस्ता बौद्धिकहरु भएको पार्टीमा अरु बौद्धिकहरु चाहिन्छ र रु भनि प्रश्न गरेका छन् । प्रचण्डले बाबुरामलाई आफ्ना बौद्धिकता नेकपाभित्र प्रयोग आग्रह गरेपछि त्यसको जवाफमा भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत जवाफ फर्काएका हुन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘कमरेड दीपक मनांगे जस्ता “बौद्धिक” भएको “कमाउनिष्ट” पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र ?’ भट्टराईले सत्तारुढ नेकपा कम्युनिष्ट नभई “कमाउनिष्ट” पार्टी भएको पनि टिप्पणी गरेका छन् ।
समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै गर्दा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा। बाबुराम भट्टराई बौद्धिकताले बाहिर काम नगरेको टिप्पणी गरेका थिए । प्रचण्डले बाबुरामको बौद्धिकता कम्युनिष्ट आन्दोलन भित्र मात्रै काम लाग्ने बताएका थिए । उनले बाबुरामलाई आफ्नो बौद्धिकता कम्युनिष्ट आन्दोलनमा आएका प्रयोग गर्न आग्रह गरेका थिए ।


