मिडियाप्रति नेता खनालको यस्तो आपत्ति

Halesi

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले आफूलाई नसोधी रतन्धो रोगी भएको समाचार सम्प्रेषण गरेको बताएका छन् । उनले यस ढंगले गलत समाचार सम्प्रेषण गर्नेहरुलाई नियन्त्रण गर्न कानुन बनाउन आवश्यक रहेको जिकिर गरे ।

सामाजिक संजालको दुरुपयोग हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रण गरेर जानुपर्ने उनको भनार्इ थियो ।

संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै नेता खनालले सामाजिक संजालको दुरुपयोग हुने क्रममा बढेकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया