राहुल गान्धीले दिए भारतीय काँग्रेसको अध्यक्ष पदबाट राजीनामा

Halesi

काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफू अब अध्यक्ष नरहेको स्पस्ट पारेका छन्।

बुधबार त्यहाँको संसदबाहिर सन्चारकर्मीहरुसीत उनले आफू अब अध्यक्ष नरहेको र पार्टीले तत्काल नयाँ अध्यक्ष चुन्नुपर्ने बताए। राहुलले लोकसभा चुनावमा पार्टीको नराम्रो पराजयपछि नैतिक जिम्मेवारी लिँदै गएको जेठ ११ गते राजीनामा दिएपनि पार्टीले स्वीकार गरेको थिएन।

ट्वीट गर्दै उनले कांग्रेस कार्यसमिति बैठकले नयाँ अध्यक्ष चुन्नुपर्ने बताएका छन्। चार पृष्ठ लामो पत्रमा गान्धीले चुनावको हारको जिम्मेवारी लिँदै पार्टीको पुनर्विकासका लागि कडा फैसला लिनुपर्ने पनि बताएका छन्।

तपाईको प्रतिक्रिया