त्रिविमा कर्मचारी भर्नामा अनियमितता, आफन्तलाई पास गराएको खुलेपछि १० जनाविरुद्ध मुद्दा

Halesi

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कर्मचारी भर्नामा अनियमितता पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा नम्बर बढाएर आफन्तलाई पास गराएको खुलेपछि १० जनाविरुद्ध मुद्दा दायर भएको छ ।

त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा, सदस्य चिन्तामणी पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोईराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी ईन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह-प्राध्यापक राजेश्वर न्यौपाने, सह९प्राध्यापक तारा प्रकाश पौडेल र राम बहादुर पाण्डे क्षत्रीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

तपाईको प्रतिक्रिया